१७ मंसिर २०८०, आईतवार ०७:५८
काठमाडौं, मंसिर १७
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।





