२३ मंसिर २०८०, शनिबार २०:५३
भरतपुर, मंसिर २३
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सहकारीको बारेमा परेको नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने बताउनुभएको छ ।
आज शनिबार भरतपुरमा रहेको चितवन जिल्ला बचत तथा सहकारी संघ लिमिटेडको २४ औं वार्षिक साधारण सभा उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री जोशीले यस्तो बताउनुभएको हो ।
सहकारीले बिलाशी जीवनको लागि हैन सीप मुलक तालिम, शिक्षा , कृषि सङ्ग उत्पादन लागि ऋण दिनु पर्ने , उहाँले बताउनुभयो ।
स्वास्थ्यमन्त्री जोशीले सामाजिक क्षेत्रमा ठूलो भुमिका खेलेको सहकारीले अझै राम्रो गर्नु पर्ने पहिलाको जस्तो बिश्वाससिलो बनाउनु पर्ने बताउनुभयो ।





