२४ मंसिर २०८०, आईतवार १०:०३
काठमाडौं, मंसिर २४
यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले आइतबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
दुबईको आईसीसी एकेडेमी मैदान ‘टू’मा बिहान सवा ११ बजे शुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।
एसिया कपको समूह एमा रहेको नेपाल र अफगानिस्तान दुवै पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन्।
प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाल र अफगानिस्तान दुवैलाई जित्नै पर्ने दबाब छ।





