२५ मंसिर २०८०, सोमबार ०९:०५
काठमाडौं, मंसिर २५
एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको हिजो (आइतवार) भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा भएको खेलमा जितका लागि २६२ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ४२ ओभर १ बलमा अल आउट हुँदै १८८ रनमात्र बनाउन सक्यो।





