२८ मंसिर २०८०, बिहीबार ०९:५८
काठमाडौं, मंसिर २८
काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक लगाउन आजदेखि ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ।
काठमाडौं महानगरले बुधबार पत्रकार सम्मेललन गरी गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन नगर प्रहरी परिचालन गर्ने निर्णय भएको जनाएको हो। काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रणको काम सुरु गरिएको दाबी महानगरको छ।
महानगरले आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ।





