३० मंसिर २०८०, शनिबार ०८:१८
काठमाडौं, मंसिर ३०
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका १ सय १९ दलमध्ये १२ वटा दलले मात्रै यस निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन ।
राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख एवम उपप्रमुख र अध्यक्ष एवम उपाध्यक्षहरुले मात्रै मतदान गर्न पाउने ब्यवस्था छ ।
निर्वाचन आयोगमा दर्ता भएका १ सय १९ मध्ये करिब १५ प्रतिशत दलले मात्र राष्ट्रिय सभाको निर्वाचनमा भाग दल दर्ता गराएका छन् ।





