३० मंसिर २०८०, शनिबार ०८:४१
काठमाडौं, मंसिर ३०
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
निगमले हिजो शुक्रबार एक विज्ञप्तिमार्फत पेट्रोल र डिजेलको मूल्य घटेको जनाएको हो ।
पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटेको छ ।
घटेको मूल्य हिजो शुक्रबार मध्यरातिदेखि लागु हुने छ ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।





