१ पुष २०८०, आईतवार ०७:४८
काठमाडौं, पुस १
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। राति पनि पहाडी भूभागमा आंशिक बदली रही स्थानको मौसम सामान्यतया सफा रहनेछ। गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।





