२ पुष २०८०, सोमबार ०७:५३
काठमाडौं, पुस २
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।





