४ पुष २०८०, बुधबार ०७:५७
काठमाडौं, पुस ४
सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय बुधबार आउँदैछ।
प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक बोलाइएको छ। बैठक बिहान ११ बजे शुरु हुने संसद् सचिवालयले जनाएको छ।
गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा २९ देखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको थियो।
सुनुवाइ सोमबार सकिएको थियो।





