६ पुष २०८०, शुक्रबार ०८:०९
काठमाडौं, पुस ६
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।
आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते हुने निवार्चनका लागि प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको जनाएको हो ।





