७ पुष २०८०, शनिबार ०८:४४
काठमाडौं, पुस ७
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एक आधार भएकाले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने अभ्यास लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो । उहाँले संविधान तथा कानुनले प्रदान गरेको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति खुसी व्यक्त गर्नुभयो ।





