८ पुष २०८०, आईतवार १०:२२
चितवन, पुस ८
नेवा : पत्रकार राष्ट्रिय दबू चितवन जिल्ला कार्यसमितिले आउँदो पौष १० गते परेको योमरी : पुन्हीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले योमरी खानाको महत्त्वका बारेमा प्रकाश पार्नुभएको हो । त्यस्तै योमरी बर्षाको समयमा मानो रोपेर मुरी उब्जाउने भएको हुँदा हिउँदको समयमा भकारीमा धान भित्र्याइने भएकोले चामलको परिकारबाट नै यमरी बनाउने प्रचलन छ । खासगरी यो खानामा सख्खर, चिनी, मह, खुदो जस्ता परिकारहरु राखेर तयार गरिन्छ । नेवा समुदायहरुको महत्त्वपूर्ण पर्वको रूपमा लिइने योमरी पर्व यही पौष १० गते मनाइदैछ ।
कार्यक्रमलाई एस.एण्ड.पी. कम्पनीले सहयोग गरेको हो । अनुज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका १ का वडा अध्यक्ष केशब महर्जनको प्रमुख आतिथ्यता रहेको थियो ।





