९ पुष २०८०, सोमबार १०:३७
काठमाडौं, पुस ९
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।





