चितवन, पुस २०
उद्योग बाणिज्य संघ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनका अध्यक्षका उम्मेदवार सिरिष पन्तले विगतमा आफ्नो पहलमा भएका कार्यसहित चुनावी प्रतिवद्दता सार्वजनिक गनुभएको छ । शुक्रवार विहान क्षेत्रपुरमा ‘पत्रकारसँग सिरिष’ भन्ने अन्तक्र्रिया तथा पत्रकार सम्मेलन आयोजना गनुभएको अध्यक्ष उम्मेदवार पन्तले उद्योग बाणिज्य संघ चितवनमा उपाध्यक्ष हुँदा गरेका कार्यहरु र भावी कार्यक्रम सार्वजनिक गर्दै व्यवसायीहरुको सुरक्षा तथा लगानीमैत्री वातावरणलाई प्राथमिकतामा राखेको जनाउनुभएको छ ।
उहाँले संघमा आवद्ध व्यवसायीहरूको बीमा गराउने, चितवन महोत्सवको स्टल बुकिङ्गमा हुने आर्थिक अनियमिता रोक्न अनलाइन बुकिङ्ग प्रणालीको विकास गर्ने, महोत्सवको हिसाव ३५ दिन भित्र सार्वजनिक गर्ने, संघको पदाधिकारीमा महिलाहरूको आरक्षण कोटा नभएकोले विधानमा नै एक जना महिला आरक्षणकोटाको व्यवस्था गर्ने, युवाहरुलाई उद्यमशील बनाउन विभिन्न तालिमहरू सञ्चालन गर्नुका साथैं व्यवसाय गर्न सहजीकरण गर्ने जस्ता योजनाहरु सार्वजनिक गर्नुभएको छ ।
उहाँले संघमा व्यवसाय गर्ने व्यवसायी भन्दा गैरव्यवासयिकको संख्या निर्णायक हुने खतरा देखिँदै गएकोले नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरण गर्दा एप्स बनाएर विधान र कानुनसम्मत बनाइने बताउनुभयो । झोलामा संघको सदस्यता बोकेर हिड्ने तर कहिल्यै पनि पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानविन गरेर हटाउने तथा संघलाई व्यवसायीहरूको मात्रै विशुद्ध संगठन बनाउने प्रतिवद्दता पन्तले सार्वजनिक गर्नुभएको छ ।
पूर्वी चितवन तथा पश्चिम चितवनबाट आउने सार्वजनिक सवारी साधनलाई नारायणगढ बजारसम्म आउन दिन आवश्यक पहल र लविङ्ग गर्ने, नारायणगढ बजारलाई थप व्यवस्थित गर्नका लागि पार्किङ्ग र फुटपाथ व्यवसायीहरुको उचित व्यवस्थापनका लागि ठोस प्रस्तावसहित सम्वन्धित निकायमा पहल गर्ने, घर भाडा मनोमानी ढंगले बढाउने प्रवृतिलाई नित्साहित गर्दै वैज्ञानिक भाडा प्रणाली लागु गराउन सम्वन्धित निकायमा प्रस्ताव लैजाने जस्ता विषयलाई पन्तले आफ्नो चुनावी एजेण्डा बनाउर्नुभएको छ ।
अध्यक्ष उम्मेदवार पन्तले संघले सञ्चालन गरेको अतिथि गृह लामो समयदेखि घाटामा चल्दै आएकोले संघलाई आर्थिक भारसमेत परेको हुँदा अतिथि गृह बन्द गरी Vocational Training Center सञ्चालन गर्ने तथा केही कोठाहरु कमजोर अवस्थामा रहेका वस्तुगत संघलाई कार्यालय सञ्चालनका लागि दिनेसमेत जनाउर्नुभएको छ । चितवन उद्योग संघ लगायतका विभिन्न निकायसँग समन्वय गरी कालिका नगरपालिकाको शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि आवश्यक दवाव दिने, नारायणगढको क्याम्पाचौरमा मिनि स्टेडियम बनाउन पहल गर्ने पन्तका प्रतिवद्दतामा समेटर्नुभएको छ ।
व्यवसायीहरूको आस्था, धरोहर, विश्वास र भरोसा बोकेको संघले जिल्लामा हुने आर्थिक, सामाजिक, सांस्कृतिक र आवश्यकता परेको बेला राजनीतिक विषयमा पनि नेतृत्व लिएर विभिन्न अभियानहरु चलाएको स्वर्णीम विगत भएपछि पछिल्लो समयमा व्यवसायीकै हित र पक्षमा समेत जोडदार आवाज उठाउन नसकेको भन्दैं अध्यक्ष उम्मेदवार पन्तले पछिल्लो समयमा गहिरिँदै गएको आर्थिक संकट, व्यवसायीहरू पलायनको खतरामा रहेको बताउनुभयो ।
स्थानीय व्यवसायीले सामान लोड अनलोड गर्दा भोग्दै आएको असुविधाको समाधान लागि सम्वन्धित निकायसँग पहल गर्ने, जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र प्रचारप्रसारका लागि सरोकारवालासँग आवश्यक समन्वय गर्ने, उद्योग बाणिज्य संघ चितवनमा रत्ननगर, खैरहनी, राप्ती लगायतका क्षेत्रबाट प्रतिनिधित्व गराउने वाचा गर्नुभएको छ । इच्छाकामना एवम् माडी लगायतका क्षेत्रिय संघहरुलाई नगरस्तरीय बनाउन आवश्यक पहलकदमी लिने, चितवनका होटल तथा रेष्टुरेन्टहरुलाई २४ सैं घण्टा सञ्चालन गर्न दिन आवश्यक पहलकदमी लिने पन्तले प्रतिवद्दता जनाउर्नुभएको छ ।
उहाँले हरेक व्यवसायीका समस्या ब्यक्तिगत ढंगले भए पनि सुन्ने, समाधानका लागि पहल गर्ने कार्य गरेको भन्दैं नेतृत्व लिएर नै काम गर्न चाहेकोले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
पन्तले आफू उपाध्यक्षका रुपमा संघमा रहँदा प्राप्त जिम्मेवारी अनुसार व्यवसायीका पक्षमा दृढतापूर्वक लागेको बताउनुभयो । उहाँले वस्तुगतको संयोजकका रुपमा विज्ञापन कर, भाडा छुट, जथाभावी बस्ने फुटपाथ व्यवसायीलाई हटाउने अभियान चलाएको बताउँदै नारायणगढ बजारमा जथाभावी र मनपरी ढंगले घर भत्काएर व्यवसायीलाई मार पार्ने काम गरिएको प्रति जोडदार ढंगले आवाज उठाएको बताउनुभयो । आफ्नै पहलमा व्यवसायीलाई घरवहाल कर तिर्न बाध्य पारिएको अवस्थामा महानगरपालिकामा गएर आवश्यक समन्वय गरी घरवहाल घरधनीलाई तिर्न लगाउन र व्यवसायको नविकरण गर्न लगाउने सहमती गरेको पन्तले जानकारी दिनुभयो ।





