२१ पुष २०८०, शनिबार ०७:१४
काठमाडौं, पुस २१
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।





