चितवन, पुस २९
रेन्स्की एग्रो फार्म प्रा.लि. कालिका नगरपालिका २ चितवनले प्रथम वार्षिकोत्सव तथा च्याउ विउ ल्याब उद्घाटन समारोह सम्पन्न गरेको छ ।
उक्त च्याउ विउ ल्याब उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कालिका नगर प्रमुख बिनोद रेग्मीले गर्नुभयो ।
सो अवसर बोल्दै च्याउ प्रवर्द्धन गर्न सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो । साथै कालिका नगरपालिका च्याउको हब बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि सो वडाका वडा अध्यक्ष लक्ष्मण पौडेलले च्याउको उत्पादनले स्थानिय स्तरमा रोजगारि सिर्जना गर्नुका साथै चितवनबाट नै यसको नियात देशको बिभिन्न क्षेत्रमा गर्न सकिने बताउनुभयो ।
कार्यक्रमको सभापति संस्थाको कार्यकारी कमल सुवेदीले गर्नुभएको हो । सुवेदीले ल्याबको उद्घाटनले निकट भबिष्यमा च्याउ व्यवसायिले अन्यत्रबाट बिउ खपत गर्न नपर्ने बताउनुभयो ।
करिब साढे ३ करोड जति लगानीमा बनेको डेढ बिगाह क्षेत्रफलमा रहेको र ३५ जनालाई रोजगार दिदै वार्षिक उत्पादन २५० मेट्रिक टन पाते च्याउ र सिजनल च्याउ करिब २० मेट्रिक टन उत्पादन गर्दै आईरहेको सो संस्थाका प्रबन्ध नारायण अधिकारिले बताउनुभयो । साथै सो अवसरमा देशभरिको च्याउ व्यवसायिको उपस्थित रहेको थियो ।





