१४ माघ २०८०, आईतवार ०८:२३
काठमाडौं, माघ १४
नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजदेखि सुरू हुँदैछ । बैठक काठमाण्डौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाइएको छ ।
बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने बताइएको छ ।
सोमबारसम्म चल्ने बैठकमा विधान मस्यौदामाथि छलफल हुने पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।





