१७ माघ २०८०, बुधबार ०७:२२
काठमाडौं, माघ १७
देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
मौसमा पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।





