१७ माघ २०८०, बुधबार ०७:२७
काठमाडौं, माघ १७
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलवारको खेलमा कोशी र एपीएफ क्लब विजयी भएका छन्।
कोशीले लुम्बिनी प्रदेशमाथि १६ रनको जित निकाल्यो भने एपीएफले सुदूरपश्चिममाथि ३ विकेटको जित निकाल्यो।
कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो।





