२० माघ २०८०, शनिबार ०८:०८
काठमाडौं, माघ २०
आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो ।





