२९ माघ २०८०, सोमबार ०७:५४
काठमाडौं, माघ २९
देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम साधारणतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी बागती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
विभागले राति पहाडी भूभागमा साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ।





