चितवन, फागुन २
सामरी उत्थान सेवाले भरतपुरमा आयोजना गरेको मनोरञ्जन क्षेत्रमा रहेका समस्याहरु र समाधानका उपाय र यससँग सम्बन्धित नीतिगत व्यवस्थाहरुको बारेमा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले मनोरञ्जन क्षेत्रमा देखिएका समस्याहरुको समाधानमा तत्काल सबै सम्बन्धित निकायहरुले ठोस निर्णय निकाल्नुपर्ने बताउनुभएको छ ।
उहाँले मनोरञ्जन लगायतका सबै क्षेत्रमा जिम्मेवारी निकायहरुले अनुगमन र नियमन गर्नुपर्ने आजको अपरिहार्य आबश्यकता रहेको औंल्याउनुभयो ।

त्यस्तै सामाजिक समस्या तथा लैङ्गिक हिंसा नियन्त्रणमा काम गर्दै आइरहेको संस्था समारी उत्थान सेवाका अध्यक्ष बिमला गायकले हिंसाजन्य घट्ना न्यूनीकरणमा प्रयास गरिरहेको र सम्बन्धित निकायका व्यक्तिहरुसंग अन्तरक्रिया समेत गर्दै आइरहेको बताउनुभयो । चितवनमा हालसम्म ९ वटा दोहोरी साँझ र अन्य रेस्टुरेन्ट एण्ड बार रहेको र यिनिहरु के कसरी संचालन भइरहेका छन् भन्ने बारेमा अनुगमन र नियमनको दायरा बढाउन लागेको गायकको भनाइ छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकामा महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारी, प्रहरी, पत्रकार र विभिन्न दोहोरी साँझ एवं वारका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।






