९ फाल्गुन २०८०, बुधबार ०८:२२
काठमाडौं, फागुन ९
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।
मधेश र बागमती प्रदेशमा बदली छ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। बाँकी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ।





