१० फाल्गुन २०८०, बिहीबार ०७:३२
काठमाडौं, फागुन १०
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। दिउँसो पनि देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी र मधेश प्रदेशसहित पहाडी भूभागको थोरै स्थानमा वर्षाको सम्भावना छ। बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।





