१४ फाल्गुन २०८०, सोमबार ०८:२०
काठमाडौँ, फागुन १४
घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ ।
जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
नेदरल्यान्डसको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउँदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे ।





