प्रदिप परियार
चितवन,२३ कात्तिक
चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिने,महिलाहरुलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने र विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण बनाउने बताउनु भएको छ ।
आज (बुधबार) भरतपुर ११ मा आयोजित विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम पछि कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रेष्ठले निर्वाचनमा रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराएमा आफुले पेसा व्यवसाय छाडी देश र जनताहरुको सेवा गर्ने स्पष्ट पार्नु भएको छ ।
त्यस्तै चितवन निर्वाचन क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता उत्तम जोशीले आफू चितवनको हरेक वडा र टोलसंँग परिचित रहेको बताउंँदै समस्या समाधान गर्न कुनै कसर बांँकी नराख्ने प्रतिवद्धता बेक्त्त गर्नुभएको छ ।





