चितवन, फागुन १६
भरतपुर भ्रमण बर्ष २०२४ लाई लक्षित गर्दै चितवनमा साइकल व्यवयासीहरुको संस्था एमटिबी बगको आयोजनामा साइकल र्याली गर्न लागिएको छ । भ्रमण वर्ष २०२४ को प्रचारप्रसार स्वरुप साइकल र्याली निकालिने भएको हो ।
‘साइकल वातावरणको अभिन्न अंग हो र स्वास्थ्यका लागि साइकल’ भन्दै ‘चितवन हेरिटेज राइड–२०८०’ नामको साइकल र्याली निकालिन लागिएको हो ।
यही फागुन २५ गते् हुने कार्यक्रम उद्योग वाणिज्य संघ, चितवनको परिसरबाट बिहान ७ बजे सुरु हुनेछ । साइकल र्याली नारायणगढ बजार परिक्रमा गर्दै बेलचोक–सानो गढी–गाँजीपुर–गोलाघाट–चितवन राष्ट्रिय निकुञ्ज, कसरा–जगतपुर–अम्ब्रेला स्ट्रिट, पटिहानी–छितामाई थान–बफरजोन हुँदै सौराहामा सम्पन्न हुने एमटिबी बगका विश्व शाहीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि हुनका लागि चितवन भित्रका पुरुषका लागि रु.१५ सय रुपैयाँ लाग्ने छ । चितवन बाहिरका पुरुषका लागि रु.२५ सय, विदेशीका लागि रु.५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै महिला सहभागिहरुलाई ४० प्रतिशत छुट दिएर चितवन भित्रका लागि रु.९ सय, चितवन बाहिरका लागि १५ सय र विदेशी महिलाका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको जनाईएको छ ।






