२० फाल्गुन २०८०, आईतवार ०८:३६
काठमाडौँ, फागुन २०
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभर साधारणतया बदली हुने र कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँ र सुदूरपश्चिम र बागमती प्रदेशका केही ठाउँहरूमा हल्का वर्षा भइरहेको छ ।
आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही ठाउँहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै ठाउँहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





