२३ फाल्गुन २०८०, बुधबार ०७:४६
काठमाडौँ, फागुन २३
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागलगायत पहाडी भागमा अहिले आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ।
राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।





