२४ फाल्गुन २०८०, बिहीबार ०७:४४
काठमाडौँ, फागुन २४
नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्दैछ। बैठक बिहान ९ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ।
एकाएक प्रतिपक्षमा आइपुगेपछि संसदमा सशक्तरूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।
बैठकमा प्रदेश सरकारमा आइरहेको परिवर्तन र आगामी रणनीतिका बारेमा पनि छलफल हुनेछ।





