२५ फाल्गुन २०८०, शुक्रबार ०८:१४
काठमाडौँ, फागुन २५
आज फाल्गुण कृष्ण चतुर्दशी । शुक्रबार हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । आज देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरु घुइँचो लाग्ने गर्दछ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, भक्तपुरको डोलेश्वर महादेवलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ ।





