१ चैत्र २०८०, बिहीबार ०७:५७
काठमाडौँ, चैत १
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११:०० बजे बैठक बस्दैछ ।
संसद् सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नुहुने छ ।
मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।
साथै, आ.व. २०८१/२०८२ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल प्रारम्भ गरिने बताईएको छ ।





