चितवन, चैत १
चितवनको भरतपुरमा विषादी न्युनिकरणका लागि जनप्रतिनिधि र उपभोक्ताहरू बीच एकदिने संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठान अन्तर्गत कृषि स्वास्थ्य र वातावरण नेपाल परियोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्नुहुँदै भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले रासायनिक विषादी न्यूनीकरणका अनेकौं चुनौती छन, यद्यपि यी चुनौतीको सही पहिचान गरी एकीकृत ढंगले अगाडि बढ्न सके विषादी न्यूनीकरण गर्न सकिने बताउनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले विषादीको प्रयोगले बाताबरण, बोटबिरुवा र अन्नबाली र मानव स्वास्थ्यलाई पर्ने असरका बारेमा समुदायस्तरमा चेतना जगाउनका लागि परियोजनाले काम गर्दै आइरहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले प्राङ्गारिक मल र रासायनिक मलको काम गर्ने तरिकाबारे किसानलाई सचेत बनाउनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले विषादी प्रयोग गरिएको र प्राङ्गारिक कृषि उत्पादनको बिक्रीवितरणका लागि छुट्टछुट्टै बजार नभएको हुँदा सचेत उपभोक्ताले प्राङ्गारिक उत्पादन खरिद गर्न चाहे पनि यो अवसर सहजै उपलब्ध नभएको बताउनुभयो । प्राङ्गारिक उत्पादन उपभोग गर्न चाहनेहरुका लागि पनि विषादी प्रयोग गरिएको कृषि उत्पादन नै खरिद गर्नुपर्ने बाध्यकारी अवस्था विद्यमान रहेको धारणा राखर्नुभएको हो ।
संस्थाकी वरिष्ठ कृषि संयोजक सिर्जना भट्टराईले नेपाल जनस्वास्थ्य प्रतिष्ठान अन्तर्गत कृषि, स्वास्थ्य तथा वातावरण नेपाल परियोजनाको मुख्य कार्यहरु र उद्देश्यका बारेमा प्रकाश पादै कार्यक्रममा विषादी न्युनिकरणका निमित्त उपभोक्ता मंचको कतिको आवश्यक छ, अहिले भइरहेको उपभोक्ता मंचलाइ सशक्तिकरण गर्न कत्तिको आवश्यक रहेको र विषादी न्युनिकरण केन्द्रित नया उपभोक्ता मंचको आवश्यक छकि छैन जस्ता बिषयमा समेत छलफल भएको हो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र्का सुरेस सिमखडाँ, उपभोत्ता अधिकार संरक्षण मञ्च चितवनका प्रमुख शैलेन्द्र क्षेष्ठ, भरतपुर १२ का वडाध्यक्ष हरि पन्त, ईच्छाकामना गाँउपालिका ४ का वडाध्यक्ष नर बहादुर नेपाल, अर्गानिक अभियान्ता चन्द्र प्रसाद अधिकारी लगायतले बोल्र्र्नुभएको थियो ।
कार्यक्रममा संस्थाकी कृषि अधिकृत अर्चना पैडेल, परियोजना अधिकृत सीमा बिश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन परियोजना अधिकृत निशाकिरण बोलखेले गर्नुभएको थियो ।
कृषि क्षेत्रमा उच्छ रामायनिक विषादिप्रयोग आयाधिक मात्रामा बढदै गैरहेको परिप्रेक्षमा यसबाट मानव स्वास्थ्य र बाताबरणमा पर्न गएको गम्भीर असरलाई न्यूनिकरण गर्ने प्रमुख उद्देश्यका साथ नेपाल जनस्वास्थ्य प्रतिष्ठान NPHF र व्यवसायिक स्वास्य, बातावरण नया जनस्वास्थ्यका लागि अन्तराष्ट्रिय केन्द्र ICOEPH बीचको सहकार्यमा कृषि स्वास्थ्य र वातावरण परियोजना २०१३ मा चितवन जिल्लामा सुरुभएको थियो। यस परियोजनाले नेपालमा स्वस्थ र दिगो खाध उत्पादन प्रवद्नन गरी किसान उपभोक्ताहरूको विषादीको मुद्दालाई नीति निर्माताहरूका बीचमा अगाडि बढाउन लगनशीलताकासाथ साथ काम गरिरहेको छ ।












