६ चैत्र २०८०, मंगलवार ०७:१८
काठमाडौँ, चैत ६
मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
दिउँसो मधेश र कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।





