११ चैत्र २०८०, आईतवार ०९:४४
काठमाडौँ, चैत ११
राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताउनु भएको छ ।
यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ ।





