१३ चैत्र २०८०, मंगलवार ०८:२०
काठमाडौँ, चैत १३
नेपाल र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ ।
नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ ।
सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।





