चितवन, चैत १९
चितवनको कालिका नगरपालिका क्लवचोकमा भएको खुला रक्तदान कार्यक्रममा ४९ जनाले रगत दान गरेका छन् । नेपाल लघुवित्त बैकर्स संघ जिल्ला समन्वय समिति चितवन र नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यता एबं इन्फिनिटी लघुवित्त वित्तिय सस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविन कुमार लामा प्रमुख विशिष्ट अतिथिको रुपमा रहनु भएको हो।
प्रमुख कार्यकारी अधिकृत लामाले आगामी दिनहरुमा पनि लघुवित्त वित्तिय संस्थाहरुले यस किसिमका सामाजिक कार्यहरु गर्ने बताउनुभयो ।
बैकर्स संघ जिल्ला समन्वय चितवनको सल्लाहकार परम्परा कट्टेलले गत शनिबार रक्तदान कार्यक्रम गरिएको जानकारी दिनुभयो।
लघुवित्त कर्मचारी मञ्च चितवनका अध्यक्ष कमल लोहनीले लघुवित्तीय संस्थाले आर्थिक कारोबार मात्र गर्दैनन् सामाजिक काम पनि गर्छन भन्ने यो गतिलो उदाहरण रहेको बताउनुभयो ।







