२४ चैत्र २०८०, शनिबार ०७:००
काठमाडौं, चैत २४
नेपाल ‘ए’ टिमले आयरल्यान्ड ‘ए’ सँग फराकिलो हार ब्यहोरेको छ। शुक्रबार सम्पन्न दोस्रो एकदिवसीय खेलमा नेपाल ११४ रनले पराजित भएको हो।
नेपालको यो हारसँगै आयरल्यान्डले सिरिज एक खेल अगाडि नै जितेको छ। नेपालको हारमा नेपाली ब्याटरहरुको खराब प्रदर्शन रह्यो।
१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो। नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए। विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए।





