२६ चैत्र २०८०, सोमबार ०७:३६
काठमाडौं, चैत २६
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। सोमबार बेलुकी उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो। अपराह्न ३ बजेपछि सोमबार अपराह्न ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ। तर इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन।





