२ बैशाख २०८१, आईतवार ०७:२२
काठमाडौँ, वैशाख २
नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।
नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।





