३ बैशाख २०८१, सोमबार ०७:३५
काठमाडौँ, वैशाख ३
नेकपा एमाले केन्द्रीय सचिवालयको बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकका एजेन्डाहरू लगायतका विषयहरूमा छलफल भएको छ ।
ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बसेको बैठकबारे जानकारी दिनुहुँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकमा पछिल्लो राजनीतिक प्रगति र यसको दिशा, सत्ता समीकरण साथै यही वैशाख ८ र ९ गने हुने महाधिवेशन प्रतिनिधि परिषद्को एजेण्डाहरुका बारेमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकले पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा विशेष समारोह आयोजना गरी हालसम्मको इतिहास र महत्त्वपूर्ण अभियानहरूका कार्यक्रमहरू गरिने निर्णय गरेको पनि उपमहासचिव ज्ञवालीले बताउनुभयो ।





