१० बैशाख २०८१, सोमबार १५:३७
चितवन, वैशाख १०
परियार एकता समाजको आयोजनामा ‘परियार एकता मिलन समारोह बिबिध सांस्कृतिक तथा अन्तरकृया’ कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष सुरज परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायक एवम समाजसेवी श्रीकृष्ण आले मगर प्रमुख अतिथि रहनु भएको हो ।
छुवाछुत बिरुद्ध अभियान नेपालका केन्द्रीय अध्यक्ष कर्ण बहादुर बिश्वकर्माले औपचारिक खण्डमा छुवाछुत बिषयमा प्रशिक्षण दिनु भएको समाजले जनाएको छ ।
सस्थाका सस्थापक अध्यक्ष कुमार परियारले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको सो कार्यक्रममा गायकहरु प्रेम परियार,राम परियार, आयुष परियार लगायतको साङ्गीतिक प्रस्तुति रहेको थियो ।








