२८ बैशाख २०८१, शुक्रबार ०५:२०
काठमाडौँ, वैशाख २८
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्ने बताउनुभएको छ ।
कोशी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा हिजो साँझ सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरूसँग उहाँले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकाले सबै दलसँगको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि निर्माण भएकाले अहिले उठेका प्रश्नहरूको जवाफ दिने गरी काम गर्ने बताउनुभयो । “नेपालको संविधान र कानुनअनुसार हुने हरेक कुरालाई सरकारले आत्मसात गरेको छ तर कानुन र संविधानभन्दा माथि र बाहिर कोही छैन भन्नेमा पनि हामी प्रष्ट छौँ”, उहाँले भन्नुभयो ।





