३ मंसिर २०७९, शनिबार १७:१४
काठमाडौं, ३ मंसिर
निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ ।।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी पुरा भएको जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गनुभएको हो ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने उहाले बताउनु भयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित ढंगले सम्पन्न गर्नका लागि कडा सुरक्षाको व्यवस्था गरेको समेत जानकरी दिनुभए को छ ।
मतदानमा खटिएका मतदान अधिकृत, कर्मचारीलाई डर त्रास देखाउने, बुथ कब्जा गर्न खोज्ने, मतदातालाई रोक्ने, मतपेटिका लुट्न खोज्नेलगायत निर्वाचन बिथोल्ने गतिविधि गर्नेलाई कानूनी कारबाही गर्न सम्बन्धित मातहतमा निर्देशन दिएको समेत जनाएको छ ।





