५ जेष्ठ २०८१, शनिबार ०९:१३
काठमाडौँ, जेठ ५
सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन् ।
शुक्रबार प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।
बैठकमा काँग्रेसका साथै लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो ।





