१५ जेष्ठ २०८१, मंगलवार ०७:२७
काठमाडौँ, जेठ १५
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।





