१५ जेष्ठ २०८१, मंगलवार ०७:४९
काठमाडौँ, जेठ १५
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहान कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।





