९ मंसिर २०७९, शुक्रबार १६:२५
गोरखा, ९ मंसिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नल्याएको बताउनु भएको छ ।
गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताउदै । उहाले भनुभयो , ‘गठबन्धन परिणामको रूपमा हेर्दा त सफल भएको छ । तर, हामीले सोचेजस्तो परिणाम भएन भन्नेपनि छ । नसोचेका केही कुरा भए । त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानुपर्ने भएको छ । गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ । अपेक्षा गरेको जस्तो भएन । गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’
प्रचण्डले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने प्रयासलाई सफल हुन नदिने बताउनु भएको छ ।





