२६ जेष्ठ २०८१, शनिबार ०६:५६
काठमाडौं, जेठ २६
नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे छ ।
शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७: १५ बजे राष्ट्रपति भवनमा हुने भएको छ ।





